साविक विजेता लुम्बिनी एनपीएलको प्ले अफमा, कर्णालीलाई कठिन

 

काठमाडौँ। लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको प्ले अफमा पुगेको छ । आजको दोस्रो खेलमा छिमेकी क्लव कर्णाली याक्सलाई चार विकेटले हराउँदै लुम्बिनी प्ले अफमा पुगेको हो । लुम्बिनी छ खेलबाट नौ अंक बनाउँदै तालिकाका शिर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले चारमा जित निकालेको छ भने एक खेलमा अंक बाँडेको छ । लगातार चार खेलमा हार ब्यहोरेको कर्णाली भने प्ले अफको दौडबाट लगभग बाहिरिएको छ ।

कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १७ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीका लागि म्यान अफ दी म्याच डी आर्सी शर्टले ४६ रन बनाए भने दिलीप नाथ २८ रनमा अविजित रहे । सानो लक्ष्य भएपनि त्यसलाई जोगाउन लुम्बिनीका बलरले भरमग्दुर प्रयास गरेका थिए। उनीहरु केही हदसम्म सफल पनि भए तर टोलीलाई जिताउन भने सकेनन् । कर्णालीका लागि मार्क वाटले चार तथा हुसेन तलात र पवन सर्राफले एक एक विकेट लिए । १० रनमा पहिलो, १४ रनमा दोस्रो र १९ रनमा तेस्रो विकेट लिँदै कर्णालीका बलरले लुम्बिनीलाई दबाबमा राखेका थिए । तर लक्ष्य नै सानो भएकाले लुम्बिनीका ब्याटरले सजिलै टोलीलाई जिताए ।

त्यसअघि, बलर चम्किएपछि लुम्बिन लायन्सले कर्णाली याक्सलाई मात्र १०५ रनमौ समेटेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४ बल बाँकी छँदै १०५ रनमा समेटियो । कर्णालीका लागि सोमपाल कामीले बनाएको २८ रन सर्वाधिक भयो । यस्तै हुसेन तलतले २४ रन बनाए ।

आजको खेलको कप्तानी गरेका डेभिड मिलरले ५ रन  मात्र बनाउन सके । मात्र १५ रन जोड्दा चार विकेट गुमाएको कर्णालीका लागि पवन सर्राफ र सोमपालले ४० रनको साझेदारी गरेका थिए । तर कुनै पनि ब्याटरले विष्फोटक सट खेल्न नसक्दा र नियमित विकेट पतन रोक्न नसक्दा कर्णाली जित्दनै पर्ने खेलमा ठुलो चुनौती पेश गर्न सकेन ।

लुम्बिनीका लागि अभिशेष गौतम, डी आर्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले दुई दुई तथा रुबेन ट्रम्पलम्यान र शेर मल्ले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *