काठमाडाैं । ग्लोबल आइएमई लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणले पनि खरिद गर्न पाउने गरि संस्थापक सेयरधनीका नाममा ६ हजार ९६९कित्ता सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो तर अन्य संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संगठित संस्थाले आगामी भदौ २० गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा- २६, विजयपुर कास्कीमा आफूले किन्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिन सक्नेछन् । प्रतिकित्ता सेयरको मूल्य ४५० रुपैयाँ छ ।




