नबिल बैंकले राख्यो निक्षेपको ब्याजदर स्थिर, अधिकतम ७ प्रतिशतसम्म पाइन्छ ब्याज

काठमाडौं । नबिल बैकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौ महिनामा पनि साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअनुसार बैंकले व्यक्तिगतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

भदौ महिनाका व्यक्तिगत निक्षेपमा  ३ महिनादेखि १ वर्षसम्म मुद्दती निक्षेपमा ५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत, २ देखि ५ वर्षसम्मका लागि ६.५० र ५ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर पाउने छन् ।

यस्तै संस्थागत निक्षेपमा ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा ४ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ४.५० प्रतिशत,२ वर्षदेखि ५ वर्षसम्मका लागि ५.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *