मेयर शाहको कार्यालयअघि सडक व्यापारीकाे प्रदर्शन, प्लेकार्ड बोकेर सडकमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारी, ठेला, गाडामा सामान बेच्नेहरूलाई अमानवीय व्यवहार गरेर दमन गरेको भन्दै प्रदर्शन भएको छ ।

महानगरका मेयर बालेन शाहको कार्यालय रहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअघि आइतबार प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिकाले पछिल्लो समय सडक व्यापारीलाई महानगर प्रहरी लगाएर हटाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *