काठमाडौं । प्रभु बैंक लिमिटेडले भदौ महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले भदौ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा व्यक्तिगततर्फ : ६ देखि १२ महिना अवधिका लागि ३.१००% १२ महिनादेखि ५ वर्ष अवधिका लागि ४.१००% र ५ वर्षदेखि माथिका लागि ५.१०० प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै, संस्थागततर्फ: ६ देखि १२ महिनाका लागि ३.१००%, १२ महिनादेखि ५ वर्षका लागि ४.१००% र ५ वर्षदेखि माथिका लागि ५.१००% ब्याजदर कायम गरेको छ ।
प्रभु उन्नती मुद्दती रेमिटेन्समा सबै अवधिका लागि ७.१००%, प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ६ देखि १२ महिनाका लागि ५.१००%, १२ महिनादेखि ५ वर्षका लागि ५.६००% र ५ वर्षदेखि माथिका लागि ६.१००% ब्याजदर निर्धारण गरेको छ । ५ वर्षे स्वर्णीम मुद्दती (व्यक्तिगत) मा ६.१००% ब्याजदर कायम गरेको छ ।
साउनमा बैंकले संस्थागततर्फ ६%, व्यक्तिगततर्फ ७%, प्रभु उन्नती रेमिटेन्समा ८%, स्वर्णीम मुद्दतीमा ७% र प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ७% अधिकतम ब्याजरद तोकेको थियो ।
अर्थ सन्जाल