काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।
नामावली आजै निर्वाचन आयोग मा बुझाइने र आयोगले रुजु गरेपछि मात्र पूर्ण सूची सार्वजनिक गरिने जनाइएको छ।
Artha Sanjal







