नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको  छ ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ  ६.५०%, रेमिटेन्समा ७.५०% र संस्थागततर्फ  ५.५०% अधिकतम ब्याजदर ताकेको छ । साउनमा  बैंकको ब्याजदर व्यक्तिगततर्फ ७%, रेमिटेन्सतर्फ  ८% र संस्थागततर्फ  ६% अधिकतम थियो ।

भदौ महिनाका लागि  व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ४.७५%, ६ देखि माथि १२ महिनाभन्दा कम अवधिका लागि ५.५०%, १ देखि २ वर्ष अवधिका लागि ६% र २ वर्षदेखि माथिको अवधिका लागि ६.५०% ब्याजदर तोकेको छ । रेमिटेन्समा १ वर्ष अवधिमा ६.५०%, १ देखि २ वर्ष अवधिमा ७% र २ वर्षदेखि माथि अवधिमा ७.५०% ब्याजदर निर्धारण भएको छ ।

त्यस्तै,  संस्थागततर्फ  बैंकको ब्याजदर  ६ महिनादेखि १ वर्ष अवधिमा ४.५०%, १ देखि २ वर्ष अवधिमा ५% र २ वर्षदेखि माथि अवधिमा ५.५०%  कायम भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *