कृष्णमान प्रधानबाट पीडित महिलालाई काँग्रेस नेत्री भट्टको धम्की : ‘उजुर हैन सहमतिमा आउनुस्, नत्र बलात्कार प्रमाणित गर्नुस्’

काठमाडौँ । नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले एक महिलामाथि विगत ५ बर्षदेखि यौन शोषण गर्दै आएको तथ्य बाहिरिएसँगै उनको निर्वाचन आयुक्त बन्ने प्रक्रिया स्थगित भएको छ । प्रधानबाट हिँसामा परेकी महिला स्वयम् संसदीय सुनुवाई समितिमा उजुरीका साथ उपस्थित भएपछि उनको सुनुवाई रोकिएको हो ।

संवैधानिक परिषद्ले नेपालको प्रचलित कानून र संविधान विपरित निर्वाचन आयोगको आयुक्त पदमा प्रधानलाई सिफारिस गरेकोमा चौतर्फी विरोध भइरहेको छ । यतिबेला प्रधानले दवाव, प्रभाव र आर्थिक प्रलोभनमा पारी घटना सामसूम पार्न खोजेको प्रमाणसमेत छताछुल्ल भएको छ ।

यसैविच नेपाली कांग्रेसकी नेत्री आराधना भट्टले कृष्णमान प्रधानको सम्रक्षण गर्दै पीडित महिलालाई टेलिफोनमार्फत् धम्काएको एक अडियो सार्वजनिक भएको छ । यस्तो छ भट्टले पीडित महिलालाई दिएको धम्की जस्ताको तस्तै :

पीडित – तपाईँ कानुन समाजको को हो म्याम ?
नेत्री – म मेम्बर हो त्यहाँको ।
पीडित – कसरी मेम्बर, पहिला त चिन्या थिएन मैले तपाईलाई ?

नेत्री– ७ सालसम्म म त्यहाँ मेम्बर भएर काम गरेकी छु, सन्दिप लामिछाने लगायतको मुद्धा हेरेको छु । मिटिंगमा अईराख्छु नि म त्यहाँ । एकचोटि तपाईँ मसँग भेट्नु न।
पीडित – तपाईँसँग भेटेर कुनै मतलब छैन म्याम । म तपाईँसँग किन भेट्ने ? जबकी कृष्णमान प्रधान लगायत तपाईँहरू सबैले मलाई क्रिमिनल अवस्थामा उभ्याइसकेको छ। मैले एसिया फाउन्डेसनमा पनि जानकारी गराएको छु । नेपाल कानुन समाजको एक्जुकेटिभदेखि बोर्डदेखि सबैलाई भनेको छु । मसँग के काण्ड परेको थियो भन्ने बिषय नेपाल कानुन समाजको स्टाफलाई समेत थाहा छ । भदौ १ गते कृष्णमानले मसँग जबरजस्ती रिलेसन बनायो। तपाईँहरु पत्याउनुस या नपत्याउनुस् । अब मैले भन्दाभन्दा कति भन्ने, म पागल हैन हिजो त तपाईंले पनि मलाई ठाडै धम्की दिएको हो ।
नेत्री– तपाईंलाई कसले धम्की दियो र ? किन धम्की दिने हामी ?

पीडित -हिजो पनि तपाइको भ्वाइस कल आयो। त्यो ठाडै धम्की थियो हैन ? त्यो धम्कीको जवाफ दिन म सक्छु मजाले, तपाईँ कुन पोजिसनको मान्छे हो के हो मलाई थाहा छैन । म कृष्णमानसँग त लड्न तयार छु भने तपाईं केहि हैन मेरो लागि ।

नेत्री– लड्ने नलड्ने कुरा हजुरको भयो। न भेटेर बसेर कुरा गरम् न ।

पीडित -मसँग के कुरा गर्ने ? ल मलाई भन्नू त ?

नेत्री – तपाईंलाई भेटेर के रैछ यथार्थ कुराहरु थाहा पाउनु पर्यो नि त । भेटेर सल्लाह गरम् न ।

पीडित – सुन्नुस् , कृष्णमान प्रधानले मलाई २०१९ देखि २०२२ सम्म नराम्ररी यौन शोषण गर्याछ। अहिले कृष्णमान प्रधानले त जिम्मेवारी हैन भन्न थाल्यो, अब म के गर्ने त ?

नेत्री- तपाईको कृष्णमान प्रधानसँगको शारिरीक सम्बन्ध सहमति भएरै भएको हो त अनि किन आपत्ति ?

पीडित – सहमति कहिले थिएन म्याम, त्यो नभन्नुस्। सबैले सच्याउन खोज्या पोइन्ट पनि त्यही हो । सहमति होइन कि, कृष्णमान प्रधानले मलाई म्याक्सिमम् प्रलोभन दिएको थियो । आइएनजीओमा काम लगाइदिन्छु, तेरो गार्जियनसिप लिन्छु, जे हुनु भयो अब तलाई जिन्दगीभर स्वास्नी जस्तै बनाएर राख्छु, तँ मेरो स्वास्नी होस्, तर बाहिरी समाजमा तलाई स्वास्नी भन्न त म सक्दिन भनेको थियो । उसले मलाई धम्क्याएको पनि थियो। तलाई मैले स्वास्नी बनाएको छु । तैले मलाई छोडेर गइस् भने तलाई पानी मुनी गएपनि छोड्दिन भन्ने जस्ता धम्की दिएर जबरजस्ती लुगा खोल्न लगायो । २०१९ साल लकडाउन अगाडि कृष्णमानले मलाई जबरजस्ती यौन सम्बन्ध राख्या हो । त्यसपछि म आउँदिन भन्दा पनि कृष्णमानले मलाई छोडेन। अहिले मलाई एउटा यस्तो स्टेटमा ल्याइ पुर्यायो । मेरो लाइफमा अब केही बाँकी छैन । अब यसमा तपाईहरुले कृष्णमानविरुद्ध एक्जिक्युट (कार्यान्वयन) गर्नुहुन्छ कि हुन्न ?

नेत्री– अब तपाईँले त्यो कुरा मिल्दा सहमति नमिल्दा असहमति भन्ने कुरा हुँदैन । तपाईँ पनि एउटा महिला, म पनि एउटा महिला हो । राम्रोसँग बुझ्नुस् हाम्रो ईज्जतका नि सवाल छ ।

पीडित – म्याम, तपाईँले के आधारमा सहमति भन्नुभयो ?  तपाईँलाई थाहा छ कृष्णमानले मलाई के गर्या हो भनेर ?

नेत्री– असहमति भन्ने कुरा अहिले आएर हुदैन, त्यतिखेर नै तपाईँले उजुरी हाल्नु पर्दैन ?

पीडित – मैले उजुरी हालेको छु । २०६९ साल भदौ १ गते पहिलो वर्ष उजुरीबाट सरस्वती दङ्गल र कृष्णमान पछिपछि लाएर पुलिस कम्प्लेन गर्न दिएनन् । त्यसपछि आएर चार पाँच महिना अगाडि महिला सेल टेकुमा पनि मैले एप्लिकेसन दिएको थिए । पछि कृष्णमानले रोई कराई गरेपछि मैले फिर्ता लिए । अहिले पनि छ हप्ता अगाडि पुलिसमा मैले दिएको मेरो एप्लिकेसन पेन्डिङमै छ। एप्लिकेसनमा मैले कृष्णमानलाई बोलाएर बयान लिन भनेको छु । त्यो भन्दा बेसी मैले के गर्ने ? कृष्णमानको मात्र तपाईहरुले साइड नलिनुस् । सहमति हो होइन मलाई थाहा छ । त्यो मा भन्दा १७ वर्ष बुढो मान्छेसँग छोरी जस्तो मान्छे कहिले पनि सहमतिमा सुत्दैनन् ।

नेत्री– तपाईँ पनि त १८ वर्षको नाबालक होइन होला नि ?

पीडित -नाबालक त होइन, तर म धेरै सोझो मान्छे थिए । जसलाई जता पनि लत्याउन मिल्छ क्या ।

नेत्री– म पनि एउटा त्यहाँको मेम्बर हो । म त्यहाँको एक अधिकारी भएको भएर तपाईंलाई कुरा गर्न चाहेको हो ।

पीडित – म्याम, यदि तपाईँ सक्नुहुन्छ भने कृष्णमानले मलाई सहमतिको सेक्स गरेको भनेर प्रमाणित गरेर देखाउनुहोला, ठिक छ ?

उनले के तपाईँ जबरजस्ती नै सेक्स गरेको हो ?

पीडित – कृष्णमानले मलाई जबरजस्ती यौन सम्पर्क गर्या हो। लुगा खोल भनेर धम्काएर ?

नेत्री – तपाईँले नमान्दा पनि जबरजस्ती धम्काएर गरेको हो त्यसले ?

पीडित -हो , म त्यो डियरली भन्छु है, तपाईँ उसको साइड लाग्नु छ तपाई लाग्नुस्। तपाईं पनि नेपालको नागरिक हो म पनि हो। आफ्नो आफ्नो राइट आफ्नो अधिकारको हक सबैलाई छ।

नेत्री– तपाईँले अहिले अब के गर्न खोजिराख्नुभएको छ त ?

पीडित -तपाईँले मलाई फोन गर्नुको उद्देश्य के हो म्याडम ? सृष्टि म्याडम भन्नु भा हैन ?

नेत्री– हो, म त्यहाँको म मेम्बर हो। त्यहाँको मेम्बर भइसकेपछि मैले पनि त्यहाँको मेम्बरको नाताले त मैले गर्नुपर्यो नि । मेरो एउटा संस्था हो भनेपछि मैले के हो ? कसो हो, भनेर त मैले बुझ्नुपर्यो नि।
पीडित- तपाईले मलाई कल गर्नुको उदेश्य होला । उदेश्य नभई त मलाई पक्कै फोन गर्या त हैन होला । तर म त तपाई त्यहाँको मेम्बर हो भनेर चिन्या पनि छैन ।

पीडित – तपाईको कृष्णमान प्रधानले नि म्याडम, मलाई भनेको अनुसार…… रे बुझ्नुस् है ।
नेत्री– कल्ले ?
पीडित- तपाईंको कृष्णमान प्रधानले मलाई भनेको, भर्बल्ली। प्रमाण छैन मसँग। अब तपाईंको कृष्णमान प्रधानको क्यारेक्टर तपाईँले मिलाउने हो, मैले हैन । मलाई जे पर्या त्यो भन्ने हक मलाई छ। त्यसपछि त्यो कुरालाई ड्राग गर्ने हक तपाईहरुलाई छैन। किनभने पीडित म हुँ के। अब यो भन्दा बेसी तपाईँलाई केही जान्नु छ म्याडम ? सक्नुहुन्छ कृष्णमानको पक्षमा एक्सन लिनुस् । मैले भन्या भनेइ छु यत्रो टाइमदेखि । सक्नुहुन्न मेरो अगेनेन्समा के गर्न सक्नु हुन्छ तपाईगर्नुस् । अरु केही भन्नू छ ?

नेत्री– त्यसरी तपाईँले कुरा नगर्नुस् । तपाईँले त्यसरी कुरा गर्न मिल्दैन हेर्नुस्। तपाईँ नाबालक होइन हेर्नुस्। पहिलाको जस्तो जमाना छोड्नुस् न अहिलेको मुलुक हेर्नुस् न। जबरजस्ती भनेर हुन्छ र मान्छे लाटो भनेर हेर्छ मान्छे हल्लाखल्ला गर्छ । तपाईँले केटालाई मात्र दोष दिएर हुँदैन नि कुनैपनि केटालाई यसरी दोष दिन मिल्दैन । सहमति बिना सम्बन्ध हुदैन । सेक्स पनि विभिन्न किसिमको हुन्छ । एउटा मायाको हुन्छ त अर्को धुत्ने, कमाई खाने किसिमको ।
पीडित- म्याडम, त्यो मलाई तपाईले नबुझाउनुस् । त्यसको जवाफ कृष्णमान प्रधानसँग माग्नुस् । तपाईको र मेरो केहि सम्बन्ध छैन । तपाईलाई जवाफ दिन मलाई जरुरी छैन । सहमतिको सेक्स हैन, मा बारम्बार भनिरहेको छु ।
नेत्री– हैन हैन, तपाइले त्यसको गर्नुको कारण त मैले सोध्नु पर्यो नि ! तपाई पनि फ्रड हुनुहुन्छ ।
पीडित- ए म्याडम ! तपाईलाई कृष्णमानको विहाफमा कुरा गर्नु रैछ त मसँग किन कुरा गर्नुहुन्छ ? तपाईँसँग कुरा गर्न धेरै म इन्ट्रेस्टै छैन हैन। नगर्नुस् । सहमतिको सम्बन्ध भनेर प्रमाणित गर्नुस् न त !

नेत्री– त्यसरी हुदैन हेर्नुस् । तपाईले जबरजस्ती त्यसो भन्न पाउनुहुन्न । हामी पनि यस्ता धेरै भोगेर हिडेको बुझेको मान्छे हो।
सुन्नुस्, सुन्नुस्, सुन्नुस्
उजुरी गरेर मात्र के हुन्छ ? तपाई पनि त १५ बर्षको नावालिग त हैन, उमेर पुगेको महिला हो नि ! कृष्णमानले जबरजस्ती गर्यो जस्तो त मलाई लाग्दैन। मैले त २०/२५ बर्ष भो उहाँलाई देखेको । त्यस्तो ठूलो मान्छेले जबरजस्ती गर्यो जस्तो त मलाई लाग्दैन ।

पीडित – तपाईलाई लाग्दैन भने तपाईको विचार तपाईँसँग राख्नुस् । मसँग किन सेयर गरिरख्नुभा छ ?
नेत्री– त्यो हैन । त्यो तरिकाले हुदैन। कृष्णमानको ठाउँमा हामी पनि उभिन्छौं ।
पीडित- उभिनुस् न त आउनुस् ल आउनुस् ।
नेत्री – ल आऊछु ।
पीडित- आउनुस् , कहिले उभिनुहुन्छ उभिनुस् । तपाईँको मान्छेलाई के गर्न मन लाग्छ गर्नुस्, म रोक्दिन । मेरो बोल्ने राईट मसँग छ । लिगल राईट मसँग छ त्यो मा ढकढक्याउछू । त्यसमा तपाईलाई समस्या नहोला सायद ।
नेत्री– ठिक छ तपाईँको लागि तपाईँ बोल्नुस् , तर हामी पनि बोल्छौ ।
पीडित- गर्नुस् न म्याडम तपाईलाई अधिकार छ । त्यहाँ त धेरै वकिल हुनुहुन्छ । म त कानून नजानेको मान्छे ।
नेत्री – तपाई कानून नजानेको भए उजुरी गर्न जानुहुन्थ्यो ?
पीडित – मैले उजुरी गर्दा तपाईलाई समस्या के पर्यो म्याडम ? तपाईँको टाउको किन दुखेको ?

नेत्री– म संस्थाको मान्छेको हकले बोलेको हो ।

पीडित- हो, त्यसो हो भने मेरो कुरामा छानबिन गरेर कृष्णमानलाई कारबाहीमा लिनुस्। मसँग झगडा गर्ने हैन। संस्थाको हिसाबले तपाईं बोलेको हो भने मेरो कुरा हो या होइन इन्भेस्टिगेसन गर्नुस् । भाद्र १ गते गत वर्ष २०७९ सालमा एलिज (कार्यालयको कर्मचारी) ले गणेशमान र कृष्णमानको निर्देशनमा मेरो फोनको डाटा सबै किन फर्म्याट गर्दियो त्यो इन्भेस्टिगेसन गर्नुस् । मलाई ५ घण्टा किन बन्दी बनाएर रुवाएर राख्यो ? त्यो इन्भेस्टिगेसन गर्नुस् न त । म हरेक प्रमाण दिन्छु तपाईँलाई । के आधारमा गलत भनेको तपाईले मलाई ? तपाइको कानुन समाजको कार्यकारी निर्देशकलाई तपाईंले छानविनको दायरामा ल्याउनुस् न त । त्यो होनि सहयोग भनेको। त्यसपछि दुध र पानी छुट्टिन्छ त । मलाई यहाँ आएर कृष्णमानको विहाफमा बोल्ने होईन नि म्याडम । अरु केही भन्नु छ ?
नेत्री– तपाईँसँग केही प्रमाण छ ?

पीडित – मसँग के छ, के छैन त्यो तपाईँको टाउको दुखाइछ हैन नि ?

नेत्री– टाउको दुखाइ छ। मेम्बर हो त्यो संस्थाको टाउको दुखाइ हुन्छ ।

पीडित – ओके ! त्यसोभए कारबाहीमा लिनुस्, तपाईलाई के-के प्रमाण चाहियो म दिन्छु। कृष्णमानलाई इन्भेस्टिगेसनको दायरामा ल्याउने हो ?
नेत्री– किन ल्याउने ? कृष्णमान कसरी गलत हुन्छ ? मिलुन्जेल सहमति कुरा मिलेन बिमति अनि उजुरी ?

पीडित- हैन भने मसँग किन कुरा गर्नुहुन्छ त ? मलाई तपाईको कुरामा इन्ट्रेस्ट छैन । कृष्णमानको भाई गणेशमान र एलिसलेले मेरो फोन सबै बाहिर लगेर फर्म्याट गर्दा तपाईहरु के हेरेर बस्नुभयो ? कुनै मान्छेको फोन छोएन तर मेरो फोन किन छोयो ? भाद्र १ गते २०६९ सालमा कहाँबाट फोन फर्म्याट भएको लोकेसन समेत मसँग छ। ति कुराहरू अनुसन्धानको दायरामा ल्याउनुस् न त, किन सक्नुहुन्न ?
नेत्री – ल अहिले राख्नुस् । मा भोलि बिहान फेरी फोन गर्छु ।
पीडित- तपाईले मलाई कल गर्न जरुरी छैन , नगर्नुस् । यदि कृष्णमानलाई इन्भेस्टिगेसनको दायरामा ल्याउनुहुन्छ भने कल गर्नुस् नत्र पर्दैन । कानून बुझेको मान्छेले पीडितलाई सहायता गर्ने हो, अपराधीलाई हैन । मेरो बिरुद्दमा जे गर्न मन लाग्छ गर्नुस् ।

नेत्री– एकछिन् फोन राख्नुस् त जरुरी मिटिंग छ ।

यस सम्बन्धमा हामीले नेपाल कानुन समाजको सदस्य सृष्टी  बताउने नेपाली कांग्रेस नवलपरासी जिल्ला सदस्य आराधना भट्टलाई सोधेका छौं ।  उनी भन्छिन् – ‘ के को धम्काउने किन धम्काउने ? धम्काएको छैन । मैले त महिलाको नेतृत्व गरेर हिजो सहमतिमा भएको कुरा मिलेर जान पर्छ भन्या मात्र हो, त्यस्तो धम्क्याउने त गर्या छैन । नयाँ सरकार र मन्त्री बनाउन हामी पनि  लागि पर्या छम् । त्यो सल्टीसकेको केस उकाल्ने झुकाल्ने  हैन । त्यो कुरा कसरी निरुपण गर्ने भन्ने सल्लाह गर्नुपर्छ ।’

कानुन समाजको सदस्य बताउने भट्टले कृष्णमान प्रधानको निर्देशनमा पीडितलाई धम्क्याएकी हुन् या आफ्नै स्व: विवेकले यसो गरिन् भन्ने बुझ्न हामीले प्रधानलाई  समेत टेलिफोन सम्पर्क गर्यौ । तर उनले जवाफ दिन चाहेनन् । आफ़ू एक जरुरी मिटिंगमा भएको भन्दै फोन काटे ।

महिला विरुद्धको हिंसा अन्त्यका लागि भन्दै हरेक बर्षे २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म १६ दिने अन्तर्राष्ट्रिय अभियान संचालन हुदैँ आएको छ । तर सिदान्तका जतिसुकै ठूलाठूला कुरा र समानताका कुरा गरेपनि महिला माथि हुने यौनजन्य हिंसा भने कम भएको छैन। त्यसमा पनि महिलाको पीडासँगै सम्वेदनशीलता बुझेका महिलाले हिँसा बिरुद्द आवाज उठाउनु पर्नेमा यसरी उल्टै डर, त्रास देखाएर धम्की दिदै पितृसत्तात्मक सोचलाई प्रोत्साहन गर्नू आफैमा निन्दनीय छ ।

(उल्लेखित समाचार सामाग्रीका केहि बुदाहरुमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भई हटाउन निर्देशीत गरिएकाले केहि भाग हटाई संम्पादन गरिएको छ ।)  संम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *