सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै नयाँ उचाईमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेस्तै, चाँदीको मूल्य भने २० रुपैयाँ बढेकाे छ । आज चादी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *