साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२९ अंकले बढेकाे छ।
आज सो सेसनमा २.२९ अंकले बढेर २१२१.९९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८४ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ५१ स्टकको ९३ पटकको कारोबारमा १ करोड ५० लाख ८० हजार २९ रुपैयाँबराबरको २२ हजार ४८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal
अर्थ सन्जाल