सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

विराटनगर । अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान ९ः०० बजेको मापनअनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सुनसरी प्रहरीले जनाएकाे छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरी प्रहरीले जनाएकाे छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *