काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/०६८ देखि आव २०६९/७० सम्मको बोनसदर घोषणा गरेको छ । जसअनुसार बीमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनसदर पाउने भएका छन् ।
नेपाल बीमा प्राधिकरणले कम्पनीको सो अवधिसम्मको कायम रहेको १ लाख ६२ हजार ७२१ वटा बीमालेख संख्याको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय मुल्यांकन प्रतिवेदनको आधारमा नियामक निकाय गत माघ १७ गते स्वीकृति प्रदान गरेको थियो ।
कम्पनीले बीमा प्राधिकरणको स्वीकृति बमोजिम सञ्चालनमा ल्याएको सबै बीमालेखहरूमा आव २०८१/८२ को लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर कायम कम्पनीले जनाएको छ।
बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ । ।