काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले चारजना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लाग आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।