प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।

Read More

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरिएको हो । कार्यदलमा राष्ट्रिय स्वतन्त्र…

Read More

विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान रोकिने पक्षमा एमाले संस्थापन

काठमाडौं । नेकपा एमाले को संस्थापन पक्षले विशेष महाधिवेशनको माग गर्दै चलाइएको हस्ताक्षर अभियान रोक्न आग्रह गरेको छ। कार्यवाहक अध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल ले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा अभियानमा संलग्न नेताहरूसँग छलफल गर्दै उक्त अभियान रोक्न निर्देशन दिएका हुन्। छलफलमा बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, युवा संघका उपमहासचिव उपेन्द्र…

Read More

संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद र कार्यपालिकाको भूमिका फरक रहेको स्पष्ट गर्दै अझ गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे । उनले भने, ‘संसद र सरकार फरक–फरक पाटो हुन् भन्ने…

Read More

अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन् । सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नुपर्ने…

Read More

साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक छ : उपाध्यक्ष भण्डारी

काठमाडौं । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छिन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँको कुराकानी उनले साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् । महिलालाई समाजमा बाच्नै नसक्नेगरी हतियारको…

Read More

जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

विराटनगर । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन ध्वस्त भएपछि विस्थापित अवस्थामा सञ्चालन भएको कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । करिब दुई महिना सञ्चालन भएको अधिवेशन अपेक्षाअनुसार सक्रिय देखिन सकेन। यो अवधिमा जम्मा १५ वटा बैठक मात्र बसेको प्रदेशसभाले अन्तिम दिन ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित…

Read More

राष्ट्रिय सभा विधायन व्यवस्थापन समिति सभापतिमा रोकाय निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सिंहदरबारमा समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा निर्वाचित गरेको हो । सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।…

Read More

नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छिन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेकी हुन् । एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित…

Read More

प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन् । अब अर्को बैठक बुधबार १ बजे बस्नेछ ।

Read More

सांसद आकृतिको प्रश्न : विद्यालय पोसाकमै प्रदर्शनमा उत्रिएका युवामाथि गोली प्रहार गर्ने आदेश कुन राष्ट्रको कानुनले दिन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद आकृति अवस्थीले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाएकी छन् । आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै विद्यालय पोसाकमै कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गरेकी छन् । ‘विद्यालय पोसाकमा कुशासन र…

Read More

७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

काठमाडौं। नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले २००७ सालदेखि भएका हरेक जनआन्दोलन सम्बन्धी सबै फाइल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् । मंगलबा बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बरालले अध्यक्ष केपी शर्मा ओली माथि राजनीतिक प्रतिशोधको कारण कुनै कारबाही गर्न नुहुने भन्दै भोली सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् भन्दै चेतावनी दिइन् । उनले भनिन्,‘२००७ सालदेखि…

Read More

नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तमाङले नागढुंगा–मुग्लीन सडकखण्डको निर्माण ढिला र कम्जोर व्यवस्थापनप्रति ध्यानाकर्षण गराउँदै सरकारसँग जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न जोडदार माग गरे। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तमाङले सडक निर्माण समयमा नै सम्पन्न हुने स्पष्ट कार्ययोजना आवश्यक रहेको र कडा अनुगमनको व्यवस्था हुनुपर्ने बताएका छन्। उनले ढिला–सुस्ति र समन्वयको अभावले जनताले…

Read More

डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरबिन्द साह विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झनजटिलो कृषि बीमा प्रणाली र यसमा हुने अपचलनको अध्ययन गरी विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिएका हुन् । ‘झनजटिलो कृषि बीमा र यसमा हुने अपचलनबारे अध्ययनगरी विश्वासिलो डिजिटल कृषि बीमा लागू…

Read More

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् । आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको…

Read More

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

Read More

कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गरे। मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन…

Read More

सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ । सोमबार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो । भट्ट…

Read More

जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले विगतमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनमा कम्युनिष्टहरूको भूमिका पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्। सोबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्य संयोजन समितिको बैठकपनि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अवस्था परिवर्तनमा कम्युनिष्टहरूको भूमिका पर्याप्त हुन नसकेको कारणले जनताबाट अपेक्षित जनमत प्राप्त हुन नसकेको उल्लेख गरे। उनले भने,‘विगतमा…

Read More

प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट मदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको हो । साथै मन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस्…

Read More