पालिकाद्वारा अतिविपन्न परिवारको स्वास्थ्य बीमा
झापा । झापाको कचनकवल गाउँपालिकाले यहाँका पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिका वासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले पालिकाको नीति तथा कार्यक्रममै बजेट विनियोजन गरेर चालु आर्थिक वर्षमा पाँच सय परिवारको निःशुल्क बीमा गरिएको जानकारी…



