गाउँपालिकाको कार्यालयमा तालाबन्दी

दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ । वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए । बिहीबार गाउँपालिकाले गुराँस…

Read More

सिमकोट गाउँपालिकालाई नगरपालिका बनाउन माग

हुम्ला सदरमुकाम रहेकाे सिमकोट गाउँपालिकाले हिउँदे गाउँसभाबाट नगरपालिका बनाउन माग गरेको छ । सिमकोट गाउँपालिकाको आवश्यक सबै मापदण्ड पूरा भएको भन्दै सिमकोट गाउँपालिकाको सभामार्फत नगरपालिका बनाउने सिफारिस भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । हुम्लामा अहिलेसम्म एउटा पनि नगरपालिका नभएको हुम्लामा सिमकोट गाउपालिका नगरपालिकाको लागिका आवश्यक प्रक्रिया सुरु गरिसकेकाे प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए…

Read More

तिलोत्तमा नगरपालिका देशकै उत्कृष्ट

रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको छ । मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिकाको रुपमा तिलोत्तमालाई  पुरस्कृत गरेको हो । आर्थिक वर्ष २०७७÷०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले त्यसको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको संघले जनाएको छ । तिलोत्तमाले गत वर्ष…

Read More

सुर्खेतका कुनै पनि स्थानीय तहले कार्यसम्पादन मूल्यांकनमा ६० अंक ल्याउन सकेनन्

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सुर्खेतका कुनै पनि स्थानीय तहले ६० अंक ल्याउन सकेनन् । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी अंक चिङ्गाड गाउँपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम अंक भेरीगंगा नगरपालिकाले प्राप्त गरेको छ । चिङ्गाड गाउँपालिकाकाको ६०.०८ अंक रहेको छ भने भेरीगंगा नगरपालिकाको ४२.४५ अंक रहेको छ । आयोगले सार्वजनिक…

Read More

पाँचखाल सहरी विकास आयोजनालाई पचास करोड विनियोज

पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न रु ५० करोड बजेट विनियोजन भएको छ । सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो । पाँचखाल नगरपालिकाले प्राप्त रु पचास करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च…

Read More

राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतदान सकियो, ४ बजेबाट मगणना गरिने

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृया सक्किएको छ । विहान ९ः४० बजेबाट मतदान सुरू भएको थियो । निर्वाचनमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधिले गरी कुल ३४३ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ । विकेकशील साझाका ३ जना बागमती प्रदेशसभा सदस्य भने मतदानमा सहभागी भएनन् । मतदान सक्किएसँगै ४ बजेबाट मतगणना शुरु…

Read More

लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन…

Read More

जनप्रतिनिधि र राजनीतिक दलको घेराबन्दीमा स्थानीय सरकार

निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका स्थानीय सरकार राजनीतिक दल र जनप्रतिनिधिकै घेराबन्दीमा पर्न थालेका छन् ।स्थानीय सरकारले गरेका राम्रा कामलाई समेत निस्तेज बनाउने गरी प्रतिपक्षको भूमिकामा बसेका राजनीति दलहरू महोत्तरीमा यतिबेला चरणबद्ध आन्दोलन गरिरहेको आरोप छ । स्थानीय सरकारको कार्यकाल सकिनै लाग्दा सत्तारोहणका लागि सर्वसाधारणलाई उचालेर उनीहरू कतिपय ठाउँमा सयुक्त आन्दोलनमा समेत लागिरहेका जानकारहरू बताउँछन ।…

Read More

दीर्घकालीन योजना निर्माणमा भेरी नगरपालिका अगाडि

भेरी नगरपालिका नीतिगत निर्णयदेखि जनमुखी काममा समेत अगाडि देखिएको छ । युवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी नगरपालिका शैक्षिक, स्वास्थ्य, सञ्चार र नीतिगत निर्णयमा समेत प्रभावशाली बन्दै गएकाे छ । विगतका चुनावी घोषणासमेत पूरा हुँदै गएका छन् । केही दीर्घकालीन र केही अल्पकालीन निर्णय हुनुका साथै भावी पुस्ताका लागि नासोको रूपमा हेरिएका महत्वाकांक्षी योजनाहरूको…

Read More

पूर्वाधार विकास कार्यक्रम : अधिकांश बजेट भवन र सडक निर्माणमा

तनहुँ । गण्डकी प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अधिकांश बजेट भवन र सडक निर्माणमा छुट्याइएको छ । तनहुँ २ (क) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले अधिकांश बजेट सामुदायिक भवन निर्माण र सडक स्तरोन्नतीका लागि छुट्याएकी हुन् । पुर्वाधार विकास कार्यक्रमको दुई करोड बजेटको ७७ प्रतिशत भवन र सडकका टुक्रे योजनालाई छुट्याइएको छ…

Read More