पाँचखाल सहरी विकास आयोजनालाई पचास करोड विनियोज

पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न रु ५० करोड बजेट विनियोजन भएको छ ।

सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो । पाँचखाल नगरपालिकाले प्राप्त रु पचास करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने हुन्छ ।

फागुनको पहिलो साता पाँचखाल नगरमा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।

नगरप्रमुख महेश खरेलका अनुसार कार्य सम्पादन मूल्याङ्कनका आधारमा नगरपालिका सो कार्यक्रमका लागि छनोट भएको हो । पाँचखाललाई यस कार्यक्रमको बजेटले थप सहयोग पु¥याउने अपेक्षा मन्त्रालयले गरेको छ ।उनले भने “स्मार्ट सिटीका लागि सघन सहरी विकास कार्यक्रमले ठूलो मद्दत गर्नेछ”, ।

समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने बताएको छ ।

निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालि ९जेएलएल०नामक कम्पनीसँग गत माघ तेस्रोसाता सम्झौता गरिसकेको छ । करिब पाँच हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले पाँचखाल नगरसँग गत साउन १२ गते सार्वजनिक–निजी साझेदारीमा ९सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार० परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको छ । स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनकनलागी निफ्राले पाँचखाल स्मार्ट सिटी विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तथा सरोकारवाला छलफलसमेत गरिसकेको छ ।

‘खरेलका अनुसार ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्नेछ । निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *