बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृया सक्किएको छ । विहान ९ः४० बजेबाट मतदान सुरू भएको थियो ।
निर्वाचनमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधिले गरी कुल ३४३ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ । विकेकशील साझाका ३ जना बागमती प्रदेशसभा सदस्य भने मतदानमा सहभागी भएनन् ।
मतदान सक्किएसँगै ४ बजेबाट मतगणना शुरु गरिने निर्वाचन समितिले बताएको छ । बागमतीमा महिलामा १ जना र अन्यमा १ जना गरी २ जना निर्वाचित हुने छन् । त्यहाँ ६ जनाको उम्मेदवारी परेको छ ।