एक शिक्षक जसले सरकारी विद्यालयको स्वरूप फेरे
बाहिरी वातावरण हेर्दा विद्यालयको नाजुक अवस्था नियाल्न सकिन्थ्यो । जीर्ण भवन, भत्किएको पर्खाल, कक्षा कोठा फराकिलो भए पनि पुरानो धुलो मौलो देखिने कार्पेट । कार्पेटमाथि सिँगान चुहाउँदै पढ्न बसेका विद्यार्थी हुन्थे । शिक्षकको संख्या न्यून हुँदा बहुकक्षा शिक्षण (एउटै कक्षामा एकभन्दा बढी कक्षाका विद्यार्थी राखेर पढाउने) । त्यसैमा पढाइ लथालिङ्ग । तीन कक्षामा पढ्ने विद्यार्थीलाई अक्षर…




