नायक पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

नेपाली सिने जगतमा चर्चा कमाएका नायक पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। शाहविरुद्ध जबरजस्ती करणीको अपराध अन्तर्गत नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी परेको हो । गायिका समीक्षा अधिकारी जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं पुगेर बुधबार शाहविरूद्ध जाहेरी दिएकी हुन् ।

नायक शाहको एउटा अडिओ सार्वजनिक भएको भएर पल र समीक्षाबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेको भए पनि पलले समीक्षा अधिकारीसँगको सम्बधलाई भने स्वीकार अझै गरेका छैनन् ।समीक्षा १७ बर्ष भइन् ।नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरमा सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जजस्ती करणी मानेको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय तनहुँले औपचारिक जानकारी सार्वजनिक गर्न भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *