काठमाडाैं । नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुन–चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो ५०० रुपैयाँले घटेको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो।
Artha Sanjal






