७ महिनामा पुँजीगत खर्च मात्र १८.११ प्रतिशत

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को साढे सात महिनामा ६८ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ। जुन लक्ष्यको १८.११ प्रतिशत मात्र हो ।

सरकारले चालू आर्थिक वर्षमा गरेको खर्च गत वर्षको सोही अवधिको तुलनामा झण्डै दुई अर्ब कम हो ।

सरकारले गत आर्थिक वर्षमा लक्ष्यको १९.८४ प्रतिशत अर्थात् ७० अर्ब रुपैयाँ खर्च गरेको थियो । चालू आर्थिक वर्षमा पुरै खर्च नहुने भएपछि सरकारले झण्डै १० प्रतिशले पुँजीगत बजेट घटाएको हो । खर्चतर्फ सरकारले उल्लेख्य बजेट खर्च गरिसकेको छ ।

महालेखाका अनुसार आर्थिक वर्षको अहिलेसम्म सरकारले ४७.०७ प्रतिशत अर्थात् ५ खर्ब ८ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब २७ अर्ब रुपैयाँ खर्च गरेको थियो । वित्तीय व्यवस्थापनतर्फ ५४ अर्ब रुपैयाँ खर्च भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *