समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको ४३ हजार ६३६ कित्ता संस्थापक शेयर फागुन १५ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले उक्त शेयर विक्रीका लागि आइतवार ३५ दिने सुचना जारी गरेको हो ।
यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय गोरखामा निवेदन पेश गर्नुपर्नेछ ।