सत्तागठबन्धन भत्किने र नयाँ समिकरण बनेर राष्ट्रिय राजनीति अघि बढ्ने सम्भावना बढिरहेका बेला अनाचक नयाँ खेलको विकास भएको छ ।
कार्यकर्तालाई सडकमा एमसीसी विरोधी नारा घन्काउँन लगाएर संसदमै पनि दोहोरो भूमिका खेलिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल अन्तिममा आएर एमसीसी पास तयार भएका छन् ।
एमसीसीमा बाहिर बिरोध देखाएका कारण लाज ढाक्नका लागी संसदमा एमसीसी टेबुल हुने दिन नेकपा माओवादी केन्द्र र नेकपा एसका सांसदले बहिस्कार गरेर एमसीसीको पक्षमा बहुमत पुग्ने र एमसीसी पास गर्न देउवालाई सघाउँने मोडल प्रचण्ड र माधव नेपालले अघि सारेका छन् ।
कांग्रेस र एमाले मिल्ने र आफ्नो राजनीतिनै धुलोपिठो हुने विश्लेषण गरेर प्रचण्ड र माधव नेपालले एमसीसी पास गर्न देउवालाई सघाउँने तयारी गरेका छन् । यो मोडलबारे प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुराकानी गरेको र देउवाले पनि मानेको बताइन्छ ।
एमसीसी पारित गर्ने शर्तमा कांग्रेसले एमालेसँग मिलेर अगाडि बढ्ने तयारी गरेपछि साझेदार दल माओवादी र एकीकृत समाजवादी झस्किएका छन् । कांग्रेस र एमाले मिलेर अगाडि बढे आफूहरुको राजनीतिक भविष्य संकटमा पर्ने भय उनीहरुमा देखिएको छ ।
एमालेसँगको वार्तामा सहभागी एक नेताका अनुसार माओवादी र एकीकृत समाजवादी एमसीसीबारे पूर्ववत् अडानबाट लचिलो हुन तयार देखिएका छन् । ‘एमालेसँग कांग्रेसको बढ्दो निकटता देखेर उहाँहरु केही हच्किनुभएको छ,’ उनले भने, ‘एमसीसीबारे व्याख्यात्मक टिप्पणी गरेर पास गर्न सकिने विकल्पको कुरा गर्न लाग्नुभएको छ।’
कांग्रेसका ती नेताको भनाइको माओवादीको निर्णयले पनि पुष्टि गरेको छ । अध्यक्ष प्रचण्डनिवास खुमलटारमा शुक्रबार मध्यान्ह बसेको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी जुटाएको छ।