७० सहकारीले तिरेनन् युवा स्वरोजगार कोषको कर्जा, ३५ दिनभित्र तिर्न आग्रह

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ७० वटा सहकारी संस्थाहरूलाई कर्जा तिर्न ३५ दिने अल्टिमेटम दिएको छ । ७० वटा सहकारी संस्थाहरूले लिएको कोषबाट कर्जा लिएका थिए । तर उक्त सहकारीहरुले कोषबाट लिएको कर्जा नतिरेपछि कर्जा तिर्न आउन ३५ दिन सूचना जारी गरेको हो ।

कोषबाट थोक कर्जा लिएका ७० सहकारी संस्थाहरुले कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउन सूचना प्रकाशित गरेको छ । ७० वटा सहकारीले ५ लाखदेखि ४० लाखसम्म कर्जा चुक्ता गर्न बाँकी छ ।

तोकिएको समयमा रकम नबुझाएमा उक्त सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरुको तीनपुस्ते विवरण सहित रकम असुलीका लागि कालो सूचीमा राखी, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने व्यहोरा कोषले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *