जसपाका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले नीति तथा कार्यक्रम संघीयता विरोधी भाव प्रस्तुत गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा संघीयता कार्यान्वयन गर्ने भनिएको तर संघीयताको संरचनामै रहेको त्रुटि सच्याउनेबारे केही उल्लेख नगरिएको बताए ।
‘१७ भन्दा ठाउँमा केन्द्र सरकारले प्रदेशलाई नियन्त्रण गर्ने जस्तो जस्तो भन्न खोजिएको छ । यो संघीयताको मर्म र भावना विपरीत हो । प्रदेश सरकार संघका पार्टनर हुन्, एकाई होइनन् । यसले संघीयता विरोधी भाव बेकेको छ’, सांसद यादवले भने, ‘संघीयताको संरचनामै त्रुटि छन् । यसलाई सच्याउने कि नसच्याउने ? प्रदेशहरुको नामकरण खोलाखोल्सीबाट गरिएको छ । यसलाई ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा गर्ने कि नगर्ने ? सच्याउने कि नसच्याउने ?’
सांसद यादवले नीति तथा कर्यक्रममा केही राम्रा कुरा पनि रहेको बताए । रुग्न उद्योगलाई सञ्चालन गर्ने, रासायनिक मलको कारखाना खोल्ने, गरिबलाई परिचयपत्र दिने, नागरिकता समस्या समाधान गर्ने, निजगढ जिमास्थल निर्माण गर्ने जस्तो विषय राम्रा रहेका उनले बताए ।
अर्थ सन्जाल