एनआईसी एशिया बैंकले डाक्यो २८ औं बार्षिक साधारण, के-के छन् एजेन्डा ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २८ औं बार्षिक साधारण सभा डाकेको छ।  वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेका लागि सभा बोलाएको हो।

साधारण सभाबाट  २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न र आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।

बैंकले अधिकृत पूँजी वृद्धि गरी १९ अर्ब ९२ करोडबाट २७ अर्ब ३८ करोड बनाउन, जारी पूँजी १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट २७ अर्ब ३७ करोड ६३ लाख बनाउन र चुक्ता पूँजी १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट २७ अर्ब ३७ करोड ६३ लाख बनाउन स्वीकृति दिने र केन्द्रीय कार्यालय कमलादीस्थित आफ्नै भवनमा कायम गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा तय गरेको छ।

यसका अतिरिक्त गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सहायक कम्पनी एनआईसी एशिया लघुवित्त र एनआईसी एशिया क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने एजेन्डा रहेको छ।

त्यस्तै, सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवालको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनी अनुपा प्रधान राजभण्डारीको नियुक्ति अनुमोदन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

साधारणसभा प्रयोजनार्थ बैंकले जेठ ६ गतेदेखि १८ गतेसम्म बूक क्लोज गर्ने निर्णय गरेकोले जेठ ५ गतेसम्म कायम शेयरधनी मात्रै साधारणसभामा भाग लिन र मनदान गर्न सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *