काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुर्नलेखन गर्न आग्रह गरेका छन् । आगामी वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि प्रतिनिधिसभामा सुरु भएको लफलमा सहभागी हुँदै उनले यस्तो आग्रह गरेका हुन् ।
‘नीति तथा कार्यक्रम फिर्ता लिनुस् । पुर्नलेखन गर्नुस् । यो छुट दिन हामी तयार छौं’, उनले भने, ‘पुर्नलेखन गरेर देशका निम्ति बनाउनुस् । समाज र अर्थतन्त्रलाई अगाडि बढाउने हिसाबको बनाउनुस् ।’
अर्थतन्त्रलाई गतिशिल बनाउने, रोजगारी सिजर्ना गर्ने, भौतिक पूर्वधार निर्माणका लागि एकीकृत योजना बनाउनुपर्नेमा यस्तौ कुनै योजना नीति कार्यक्रममा नरहेको र राष्ट्रिय गौरवका आयोजना तीव्र तिमा सम्पन्न गर्ने कुनै कार्यक्रम यसमा नरहेको उनले बताएका छन् ।
Artha Sanjal






