प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्देश्यहीन, गन्तव्यहीन र मार्गचित्रहीन रहेको टिप्पणी गरेका छन् । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसदका दुवै सदनमा पेश गरेका नीति तथा कार्यक्रममा आइतबारदेखि छलफल सुरु भएको छ ।
‘नीति तथा कार्यक्रमाथि छलफल गरियोस्’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेका प्रस्तावलाई स्वीकृत गरेपछि पहिलो वक्ताका रुपमा छलफलमा भाग लिँदै ओलीले सरकारको नीति तथा कार्यक्रमले ‘शून्य नीति’मात्र अवलम्बन गरेको पाइएको बताए ।
‘सकारले गर्ने कामका सम्पूर्ण जानकारी यस दस्तावेजनमा हुनुपर्ने हो । के का गर्छ ? कसरी गर्छ ? जनताको जीवनस्तरमा कसरी सुधार ल्याउँछ । अन्तर्राष्ट्रिय जगतमा कस्ता प्रभाव पार्छ । यी सबैको संकल्प यसमा हुनुपर्छ । सरकारप्रतिको विश्वास र जनआकांक्ष पूर्तिका ग्यारेन्टी यसमा हुनुपर्छ’, ओलीले भने, ‘तर हामी कुन विन्दु आइपूग्यौं ? कसरी अगाडि बढ्छौ भन्ने केही छैन । देशमा पहिलो पल्ट तयार पारेको जसरी प्रस्तुत भएको छ नीति तथा कार्यक्रम । मानौं सरकार नै पहिलो पटक बनेको र पहिलो नीति कार्ययक्रम बनाइएको जसरी प्रस्तुत गरिएको छ । शून्यबाट सुरु गरिएको भान दिन खोजिएको छ ।’
देश असामान्य अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राजनीतिक अस्थिरता र अराजकता चुलिएको पनि ओलीले टिप्पणी गरे । ‘देश असामान्य अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता र अराजकता चुिलएको, जताततै निराश ब्याप्त छ’, उनले भने, ‘सरकारप्रतिको विश्वासमा ह्रास आएको छ अविश्वास चुलिएको छ ।’
अर्थतन्त्रका सूचकहरुबाट देश संकटपूर्ण अवस्थामा छ भन्ने देखिएपनि सरकारले यो यथार्थलाई लुकाउन खोजेको आरोप लगाएका छन् । ‘अर्थतन्त्रका सूचकहरुले राज्य संकटमा रहेको दखोएका छन् । राजस्वले तलब र सामाजिक सुरक्षा भत्ता, आधारभूत आवश्यक धान्न नसक्ने अवस्था छ । मूल्यवृद्धि झन् आकाशिएको छ । निर्यात घटेर आयात बढेको छ । देशमा कच्चा पदार्थको अभाव हुन थालेको छ’, उनले भने, ‘देश यस्तो असामान्य अवस्थामा रहेको यथार्थलाई सरकाले लुकाउन खोजेको छ ।’
अर्थ सन्जाल