काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद सेयर ल्याउन पूर्वस्वीकृति पाएको छ।
आयोगले वैशाख १५ गते पत्र पठाउँदै दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर ल्याउन पूर्वस्वीकृति प्रदान गरेको जानकारी गराएको हो। आयोगबाट कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२८८ अनुपातमा अर्थात २८.८ प्रतिशत हकप्रद सेयर जारी गर्ने पूर्वस्वीकृति पाएको छ।
कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ रहेको छ। अब कम्पनीले ६० करोड ८२ लाख ५४ हजार ९९२.६३ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।
Artha Sanjal






