ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा सेयर बाँडफाँट भएको हो ।

कम्पनीको सेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि आवेदन दिएको थियो । त्यसमध्ये ४ हजार २८ को आवेदन रद्ध भएका छन् । त्यसअनुसार कम्पनीको आईपीओमा ११ लाख ९९ हजार ९६७ को मात्रै योग्य आवेदन परेका हुन् ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

त्यस पश्चात बाँकि भएको ९ कित्ता सेयर त्यसमध्येबाट पनि पुन गोलप्रथाबाट थप एक/एक कित्ताका दरले वितरण भएको छ । त्यस अनुसार अधिकतम ११ कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो । सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन ल्याएको थियो ।

जसमध्ये पनि १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुलाई र ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण भएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *