तोलामा ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन  प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य स्थिर थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य  स्थिर रहँदै चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *