नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।
आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य स्थिर थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य स्थिर रहँदै चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।







