घट्यो सुनको मूल्यले, कतिमा हुँदैछ किनबेच?

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *