भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज चैत २७ गते अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि चैत २३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गर्नेछ।
कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले आज (चैत २७ गते) कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
सीडीएससीका अनुसार हिजो (चैत २६ गते) साँझ ५ बजेसम्म यो आईपीओमा ९ लाख ४८ हजार २०५ आवेदकबाट कुल १ करोड ७ लाख ३२ हजार ३५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.९७ गुणाले बढी हो।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भइसकेको छ। जसमा भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ३ जनाले थप १/१ कित्ता सेयर पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।







