

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।
बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
Artha Sanjal

अर्थ सन्जाल