सिद्धार्थ बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु गर्दै यसरी मनायो ‘ग्लोबल मनि वीक २०२३’

सिद्धार्थ बैंक लिमिटेडले २०२३ मार्च २० देखि २६ गते सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनि वीक २०२३’ विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ । ग्लोबल मनि वीक २०२३ को थिम ‘प्लान योर मनि प्लान योर फ्यूचर’ र ग्लोबल मनि विकको स्थायी नारा ‘लर्न,सेभ,अर्न’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकद्वारा कोशी प्रदेशमा १७ वटा, मधेश प्रदेशमा ८ वटा, बाग्मति प्रदेश (उपत्यका भित्र) मा ५१ वटा, बाग्मति प्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनि प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरी कुल ९८ वटा विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको सहभागिता रहेको थियो ।

यसै गरी बैंकले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना जोगाउने उद्देश्यले फेसबुकमा सात दिन दैनिक क्विज प्रतियोगिता र टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ को शीर्षकमा भिडियो कन्टेस्ट आयोजना गरेको थियो । उक्त दुबै प्रतियोगिताहरुमा उल्लेख्नीय सहभागिता समेत रहेको थियो ।

जसमा “बैंकमा बचत गर्नुका फाइदाहरु” शीर्षकमा भिडियो बनाई अधिकतम मनपराईएका तिन प्रतियोगिहरुलाई क्रमश तीस हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरेको थियो । उक्त प्रतियोगिताका विजेताहरुलाई  सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको समेत थियो ।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको हो । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ‘ग्लोबल मनि वीक २०२३’ को उद्देश्यहरुलाई प्राप्त गर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ ।

यस्ता कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण गराउने तथा वार्षिक रूपमा मनाइने ‘ग्लोवलमनीविक २०२३’ को उद्देश्यहरुलाई प्राप्तगर्न मद्दत पुगेको बैंकले विश्वास लिएको छ । साथै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैँ जाने कुरामा बैंक बिस्वस्त रहेको जनाएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *