सिद्धार्थ बैंक लिमिटेडले २०२३ मार्च २० देखि २६ गते सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनि वीक २०२३’ विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ । ग्लोबल मनि वीक २०२३ को थिम ‘प्लान योर मनि प्लान योर फ्यूचर’ र ग्लोबल मनि विकको स्थायी नारा ‘लर्न,सेभ,अर्न’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकद्वारा कोशी प्रदेशमा १७ वटा, मधेश प्रदेशमा ८ वटा, बाग्मति प्रदेश (उपत्यका भित्र) मा ५१ वटा, बाग्मति प्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनि प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरी कुल ९८ वटा विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको सहभागिता रहेको थियो ।

यसै गरी बैंकले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना जोगाउने उद्देश्यले फेसबुकमा सात दिन दैनिक क्विज प्रतियोगिता र टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ को शीर्षकमा भिडियो कन्टेस्ट आयोजना गरेको थियो । उक्त दुबै प्रतियोगिताहरुमा उल्लेख्नीय सहभागिता समेत रहेको थियो ।
जसमा “बैंकमा बचत गर्नुका फाइदाहरु” शीर्षकमा भिडियो बनाई अधिकतम मनपराईएका तिन प्रतियोगिहरुलाई क्रमश तीस हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरेको थियो । उक्त प्रतियोगिताका विजेताहरुलाई सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको समेत थियो ।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको हो । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ‘ग्लोबल मनि वीक २०२३’ को उद्देश्यहरुलाई प्राप्त गर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ ।

यस्ता कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण गराउने तथा वार्षिक रूपमा मनाइने ‘ग्लोवलमनीविक २०२३’ को उद्देश्यहरुलाई प्राप्तगर्न मद्दत पुगेको बैंकले विश्वास लिएको छ । साथै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैँ जाने कुरामा बैंक बिस्वस्त रहेको जनाएको छ।








