क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको अन्तिम सुनुवाई आज हुने भएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा आइतबार सुनुवाइ गरि हेर्दा हेर्दैमा राखिएको यस मुद्धाको सुनुवाइले आज पनि निरन्तरता पाउन लागेको हो ।
नाबालिग बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान लामिछानेलाई उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि थुनामा राख्न माग गर्दै उच्च सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रवार देखी भएको सुनवाइ नसकिए पछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाइ पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसला हुनेछ ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा छोडेको थियो । उनलाई सर्त बन्देजसहित उच्च अदालतले छोडेको थियो ।
।






