काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार संसदको बैठक आज दिउँसो १ बजे संसद भवन सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकमा शनिबार निधन भएकी जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । २०७९ सालको प्रतिनिधिसभामा निर्वाचित सदस्य एवं बञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भूमिका निभाएकी उनको निधनमा सभामुखले शोक प्रस्ताव पेश गर्नेछन् ।







