कोशी प्रदेशका साना तथा मझौला उद्यमीले ३ करोडसम्म कर्जा पाउने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच भएको सम्झौता बमोजिम ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयनमा आएको छ ।

यस योजना अन्तर्गत बैंकले कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूमा कर्जा लगानी गर्नेछ ।

स्विट्जरल्याण्ड सरकारको ‘स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन’ (एसडीसी) र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको ‘उदय परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन हुन लागेको हो । कर्जा सुरक्षणका लागि कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्थापित ‘कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ ले जिम्मेवारी बहन गर्नेछ ।

बैंकको प्रचलित नियम अनुसार साना तथा मझौला स्तरका कृषि, उद्योग र सेवा व्यवसायका क्षेत्रमा ३० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गरिनेछ । यस कर्जामा बैंकले न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *