अभिनेता पल शाह आज जेलमुक्त हुँदै (आदेश पत्रसहित)

एक बर्ष देखी तनहुँ कारागारमा रहेका पल शाह आज जेल मुक्त हुदैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि शाह आज छुटन लागेका हुन । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो ।

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए ।

यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथी झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी थिइन् ।

उच्त अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला अदालतवाट छुटने तनुहँ कारागार प्रशासनले जनाएको छ

यस्तो छ आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *