साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ।
गत (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। गत (शुक्रबार) पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal






