मिथिला लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौधौँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको शनिबार (माघ २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनुषाको मिथिला नगरपालिकाको लालगढस्थित न्यु बौवा होटेल तथा गेस्ट हाउसमा हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी १९ करोड ६० लाख २ हजार ७५५ रुपैयाँ पुग्ने भएको सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्दै क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। हाल संस्था संस्थपाकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ संस्थाले फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *