समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २० गते (शुक्रबार) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेका छन्।
साबिक समत लघुवित्त र घरेलु लघुवित्त आपसमा गाभिएर २०७८ वैशाख २ गतेबाट एकीकृत कारोबार सुरु भइसकेकोले लाभांशमा लाग्ने कुर छुटको व्यवस्था रहेकोले लाभांशमा लाग्ने करबापतको रकम नछुट्याइएको र उक्त मितिभन्दा पछि सेयर खरिद गर्नेले भने लाभांशकर नियमाअनुसार भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।






