यी हुन् एनआईसी एसिया बैंकका २६ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

एनआईसी एसिया बैंकले बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका शेयरधनीको विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन मार्फत बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण सार्वजनिक गरेको हो ।

बैंकमा सबैभन्दा धेरै सेयर अशोक कुमार अग्रवालको रहेको छ। बैंकमा अग्रवालको ६.२५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
त्यसैगरी, दोस्रोमा त्रिलोक चन्द्र अग्रवालको ५.३४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको ३.०७ प्रतिशत, जयश्री गोल्छाको २.५४ प्रतिशत, गोविन्दलाल संघईको २.०२ प्रतिशत र विरेन्द्र कुमार संघईको – २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

त्यसैगरी, अक्षय गोल्यान १.९४ प्रतिशत, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, मञ्जु अग्रवाल १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७८ प्रतिशत र नेपाल लाईफ इन्स्योरेन्सको १.१० प्रतिशत सेयर स्वामित्व बैंकको रहेको छ ।

त्यस्तै, वासुदेव गोल्यानको ०.९८ प्रतिशत, उषा अग्रवालको ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवालको ०.९० प्रतिशत, कविता संघईको ०.८५ प्रतिशत, अर्पित अग्रवालको ०.८४ प्रतिशत,प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ०,७० प्रतिशत, विशाल अग्रवालको ०.६९ प्रतिशत, शक्ति कुमार गोल्यान ०.६२ प्रतिशत, अनन्त कुमार गोल्यानको ०.६२ प्रतिशत र दिवाकर गोल्छाको ०.५१ प्रतिशत सेयर स्वामित्व बैंकमा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *