नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । आज मध्यान्ह १२ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या आएको थियो ।

टेलिकममा केही फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको थियो । आवश्यकता भन्दा कल गर्ने र नेटवर्क चलाउने बढेपछि समस्या देखिएको टेलिकमले जनाएको छ ।

नेटवर्क प्रयोगकर्ताहरु एकैपटक बढेका कारण समस्या लामो समय देखिएको टेलिकमको भनाइ छ ।

कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको थियो । समस्या समाधान भए टेलिकमको वेबसाइट खुलेको छ । यसअघि वेवसाइट स,इत अवरुद्द भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *