एनआइसी एशिया बैंकको सेयर कारोबार सबैभन्दा बढी

तिहार र छठ बिदापछि पहिलो दिन खुलेको सेयर बजारमा दोहोरो अंकको वृद्धि देखियो । एक साता बन्द भएर खुलेको बजार ०.८८ प्रतिशतले बढेको हो ।सोमबार सेयर कारोबार मापक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा उक्लियो भने ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि४.९३ अंकले बढेर ३७०.८६ बिन्दुमा पुग्यो ।

कारोबार अवधिभर २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भयो ।आज कारोबार भएकामध्ये ११० कम्पनीको सेयरमूल्य बढेको छ भने ६५ कम्पनीको सेयरमूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

कारोबारको पहिलो दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । आज बैंकको ६ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार रुपैयाँ,नबील बैंकको ३ करोड ८० लाख २५ हजार रुपैयाँ,प्रभु बैंकको २ करोड ७६ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

तर,अप्पर हेवाखोला हाइड्रोपावर, रुरु जलविद्युत, अभियान लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *