पटक–पटक दिल्ली उडान रद्द भएपछि निगमले माग्यो माफी

काठमाडौं–दिल्ली–काठमाडौं उडान रद्द हुन पुगी सयौं यात्रु अलपत्र परेकामा नेपाल वायुसेवा निगमले माफी मागेको छ । ४५० जना यात्रु अलपत्र पार्ने गरी आइतबार भएको घटनामा निगमले माफी मागेको छ । निगमले आइतबारका लागि राखेको आरए–२१७–२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको जनाउँदै यात्रुसँग माफी मागेको हो ।

त्यस्तै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएको छ । ‘३० अक्टोबर २०२२ को काठमाडौं–दिल्ली–काठमाडौंको आरए २१७–२१८ र ३१ अक्टोबरको उडान नम्बर आरए २०५–२०६ विशेष कारणवश रद्ध भएकाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगम दुःख व्यक्त गर्दछ‚’ निगमका प्रवक्ता अर्चना खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गर्दछौं ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *