साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९१ हजार रुपैयाँ कायम भएको छ।
लगातार ५ दिनदेखि सुनको मूल्य घटेको छ। हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो साताभरि सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको छ। समग्रमा यो साताभरि चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ।
Artha Sanjal







